८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल( २० असोज २०७७,मंगलबार)


१९ आश्विन २०७७, सोमबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असोज महिनाको २० गते मंगलबार । तदनुसार ०६ तारिक २०२० । कृतिका नक्षत्र,चतुर्थी तिथि, ज्योतिष पण्डित तुलसी भारद्घाजद्घारा लिखित राशीफल यस प्रकार छ ।
राशीफल
मेष– शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ ।
वृष– ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
मिथुन– पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ ।
कर्कट– आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ ।
सिंह– विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। सहयोगीहरूको भर नपर्नुहोला। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।
कन्या– मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ। घरायसी काम बन्नेछन्। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् ।
तुला– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् ।
वृश्चिक– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। ्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ ।
धनु– अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।
मकर– मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ ।
कुम्भ– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ ।
मीन– व्यापार(व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ३३ बजे