३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको महालक्ष्मीका स्वास्थ्य स्वयंसेवीकालाई तिहार खर्च


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares


२७ कात्तिक ०७७,इमाडोल । महालक्ष्मी नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेवीकालाई तिहार खर्च दिएको छ । महालक्ष्मीले स्वयंसेवीकाको कामको उच्च मूल्याङ्कन गरेर यस वर्षको चाडपर्वमा दिने भनिएको पैसा बैंक खाता मार्फत दिएको हो ।
महालक्ष्मीले प्रतिव्यक्ति रु दश हजारका दरले ४५ जना स्वास्थ्य स्वयंसेवीकालाई कोरोना महामारीलाई ध्यानमा राखेर बैंक खाताबाट रकम दिएको महालक्ष्मीका नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए ।


नगरप्रमुख श्रेष्ठले सूचना जारी गर्दै नजिकै आइरहेको दीपावलीमा देउसी भैलो खेल्न र समूहमा जम्मा नहुन र आ–आफ्नो घरमा सङ्क्रमणबाट पूर्णरुपमा सुरक्षित भएर चाडपर्व मनाउन समेत नगरवासीलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।