६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता


३० कार्तिक २०७७, आइतबार  

0
Shares

फाइल तस्विर

३० कात्तिक ०७७, कञ्चनपुर। कञ्चनपुर जिल्लाको भौगोेलिक रूपले पिछडिएको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क गरेका छन् । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जान्छन् ।
लालझाडी–४ का लोकेन्द्र रानाले दशकौँदेखि आफूहरु नदीमा पुल नबन्दा पैसा तिरेर नदी गर्ने गरेको दुखेसो पोखे । “पहाडमा तुइन तरे झैँ हामीले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता छ”, रानाले भने, “ट्युबमा मोटरसाइकलसहित वारपार गर्नु पर्दा एक पटकको रु २ सय तिनुपर्छ ।”
लोकेन्द्र जस्तै लालझाडीका प्रायः स्थानीयवासीले हिउँदमा यही समस्या भोग्नुपरेको छ तर राज्यको यसतर्फ ध्यान पुगेको छैन । “हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि रु २ सय तिरेर त जान सकिन्छ”, रानाले भने, “बर्खामा त बाढीले आवागमन नै ठप्प हुन्छ ।”
वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्ड अन्तर्गत दोदा नदीमा पक्की पुलको निमार्णमा भइरहेको ढिलासुस्तीका कारण झन समस्या भएको स्थानीयवासीको गुनासो छ । “बन्दाबन्दीले दैनिकी उत्तिकै अस्तव्यस्त बनेको छ”, रानाले भने, “मजदुरीका लागि घर छोड्न लाग्दा पनि शुल्क तिनुपर्ने अवस्था आउँछ ।”
दोदा नदीमा वारपार गर्न साइकलको रु २० र मोटरसाइकलको रु २ सय तिर्नुपर्छ । गाउँपालिकाको पहुँच सार्वजनिक यातायातसित अझै जोडिएको छैन । स्थानीय रामसाहेब रानाले गाउँमा बिरामी परेर एम्बुलेन्स बोलाउनु पर्दा निकै हैरानी हुने गरेको बताए । “रातिको समयमा कसैलाई अस्पताल लैजानु पर्यो भने निकै समस्या हुन्छ”, उनले भने, “सडक सञ्जाल र पुलहरु नबन्दा पैसा तिरेर पनि सुविधा पाइरहेका छैनौँ ।”

लालझाडी–४ का भजना राना पनि बर्खामा आवागमन नै बन्द हुने गरेको बताउछन् । “नदी पारपार गर्ने क्रममा विगतमा दुई÷तीन स्थानीयवासीले ज्यानसमेत गुमाइसकेको छ”, उनले भने, “वारि घर पारि खेत हुनेको पनि समस्या नै छ ।”
ट्युबमार्फत नदी तार्ने छेउमै निर्माणाधीन पक्की पुल अलपत्र छ । स्थानीय युवाले ट्युब सञ्चालनमा ल्याएर नदी तार्ने काम गर्दै आएका छन् । पक्की पुलको तीन पिलर मात्रै निर्माण भएको तर निमार्ण कार्य भने अझै अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि २०७२ पुसमा रु २४ करोड ५३ लाखमा निर्माण सम्झौता भए पनि पुलको आधा काम पनि भएको छैन ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : १३ बजे