६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर भेटिए १ हजार ६ सय १४ सङ्क्रमित


११ मंसिर २०७७, बिहिबार  

0
Shares


११ मंसिर ०७७, काठमाडौं । देशभर गएको २४ घण्टामा एक हजार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको समय नौ हजार ४ सय ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ६ सय ४० महिला र ९ सय ७४ पुरुष गरी यो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । परीक्षणअनुसार सङ्क्रमितको दर १३ दशमलब ४ रहेको बताइएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । पछिल्लो समय एक हजार ४ सय २७ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ९ हजार ४ सय ३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको मन्त्रालयले जनकारी दिएको छ । देशभर १६ हजार ७ सय ९३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १० हजार ५ सय ७५ होम आइसोलेशनमा छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये ३ सय ३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशभर ६ सय ८० जना क्वारेन्टिनमा छन् । अहिलेसम्म १७ लाखको पिसिआर परीक्षण भएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४ सय १२ पुगेको छ भने गएको २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ७ : ५० बजे