
१३ मंसिर ०७७, ललितपुर । ललितपुरबाट राजनीति गर्दै आएका नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त अस्वस्थ भएका छन् । पेटमा समस्या आएपछि नेता पन्त बुधबार काठमाडौँ मोडल अस्पतालमा भर्ना भएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पन्तको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
नेता पन्तको स्वास्थ्यस्थितिमा सुधार हुँदै आएको र एक सातासम्म अस्पतालमा बस्न चिकित्सकले सुझाव दिएका छन् ।
अध्यक्ष दाहाल आज शनिबार साँझ अस्पतालमा पुगेर नेता पन्तको स्वास्थ्य अवस्थाको जानकारी लिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
अध्यक्ष दाहालले नेता पन्तको शीघ्र स्वास्थ्यलाभको कामना गरेको थिए । पन्त ललितपुर क्षेत्र नं. १ बाट निर्वाचन लड्दै आइरहेका छन् ।







प्रतिक्रिया