१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा बन्यो सामुदायिक केन्द्रको भवन


२० मंसिर २०७७, शनिबार  

0
Shares

२० मंसिर ०७७,  पाटन । ललितपुर महानगरपालिकामा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण गरिएको छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) नेपालको प्राविधिक र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन शुक्रबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफले संयुक्तरुपमा उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख महर्जनले घनाबस्तीका जनतालाई आकस्मिक विपद् पर्दा सो केन्द्र भवनले आश्रयस्थल दिने भनाइ राखेका थिए ।
राजदूत भोरासफले मुलुकमा छ वर्षअघि भूकम्पका कारण घर भत्किएर खुला चौरमा बस्न बाध्य भएका जनतालाई ध्यानमा राखी भवन निर्माणमा सहयोग गरेको बताए । आइओएमका प्रतिनिधि लोरिना ल्याण्डोले कठिन समयका कारण बाध्यात्मकरुपमा बसाइँसराइ गर्नुपर्ने मानिसलाई सो भवनले अभिभावकको सहारा दिने धारणा राखे । वडाध्यक्ष अम्बिराज शाक्यले करिब १३ रोपनी सार्वजनिक जग्गाभित्र निर्माण भएको सो भवनका लागि आवश्यक खानेपानी, बत्ती र सरसफाइको सम्पूर्ण जिम्मेवारी वडाले लिनेछ । कार्यक्रममा महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरिशचन्द्र लामिछानेले विपद् आश्रमस्थल अर्थात् केन्द्रको शिलान्यास २०७५ साल माघ ७ गते गरेको र मुलुकमा देखिएको कोराना कहरका कारण भवन निर्माणको काम भने एक वर्ष १० महिनामा सम्पन्न भएको बताए । उनले भने, “यस भवन निर्माणका लागि रु एक करोड तीन लाख ९२ हजार ९१२ खर्च भयो । महानगरपालिकाका अन्य घनाबस्ती भएका स्थान हरिसिद्धि, धापाखेल, सुनाकोठी आदिमा पनि एक आश्रमस्थल बनाउन जरुरी छ ।” महानगरपालिकाको वडा नं ८ बालकुमारीस्थित गुइतः दोमारमा अर्काे एक विपद् आश्रमस्थल निर्माण भइसकेको लामिछानेले जानकारी दिए ।

 

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ८ : ३४ बजे