२१ मंसिर ०७७, चापागाँउ । केही बर्ष अघिसम्म चापागाँउको सेरा फाँट च्याउ खेतीको झपडीले ढपक्कै ढाकिएको हुन्थ्यो । यहाँ आजकल एक दुई वटा मात्रै झुपडी देखिन्छ ।
चापागाँउका भारतीय च्याउ आउन थालेपछि सेरा फाँट रित्तो भएको स्थानीय किसान कुमार लामिछाने बताउछन् । उनी भन्छन्,‘नेपाली बजारमा भारतीय च्याउ आउन थालेपछि ललितपुर चापागाँउका च्याउ किसान पलायन हुन थालेका हुन् ।’
च्याउ खेतीका लागि झुपडी बनाउदै कुमार लामिछाने ।मकवानपुर इपाका अन्जान कठायतका अनुसार च्याउ खेतीबाट किसानलाई घाटा लाग्न थालेको छ । केही बर्षदेखि चापागाँउ शेरा फाँटमा च्याउ खेती गर्दै आएका कठायत भन्छन्, ‘आजकल च्याउ खेती गरेर घाटा लाग्न थालिसक्यो ।’
कठायत मात्रै होइन शेरा फाँटकै च्याउ किसान कुमार लामिछाने पनि च्याउ खेती गरेर सावा उठाउने गाह्रो भइसकेकोे बताउछन् । आठ बर्षदेखि च्याउ खेती गर्दै आएका लामिछाने भन्छन्, ‘भारतबाट च्याउ आएन भने नाफा होला ।’
एकातिर च्याउ नविकेर किसान हैरान छन् भने अर्कोतर्फ जग्गाको भाडा हरेक वर्ष बढ्दै छ । लामिटछानेका अनुसार लाखमा विक्ने खेत अहिले करोडमा विक्न थालेपछि जग्गा बेच्ने प्रवृति बढेको र किसानलाई भाडा महँगो पर्न थालेको हो ।
सेरा फाँटमा घर बनाउने क्रम बढेकाले पनि किसान पलायन हुन बाध्य भएको च्याउ किसान महासंघका सचिव चित्र तिमल्सिना बताउछन् ।
कालीमाटीस्थित तरकारी बजारमा हरेक दिन २÷३ टिप भारतीय च्याउ झर्ने गरेकाले स्थानीय च्याउ विक्न छाडेको किसान बताउछन् ।
कालिमाटीमा भारतीय सुख्खा च्याउ १ सय ३० रुपैयाँमा पाइने भएपछि स्थानीय च्याउको मोल नआएको हो ।
भारत सरकारले कृषिका लागि धेरै सहुलियत दिने हुँदा नेपालमा च्याउ ल्याएर प्रतिपर्धा गर्न सझिलो छ ।
भारतबाट च्याउ आउन थालेको करिव ३ वर्ष भएको छ । भारतबाट च्याउ आउनुअघि ४ सय प्रति किलो किसानले पाउथे भने अहिले मुस्किलले २ सय पचास पाउछन् ।उनले भने, ‘२७ दिनसम्म मेची महाकाली च्याउ राष्टिय जागरण अभियान ग¥यौ । माइतीघर,कालीकाटी, बल्खुमा प्रर्दशन ग¥यौं ।’ क्यारेन्टाइन र किट विकाश केन्द्र तालाबन्दी गरे पनि कसैले सुनेन ।’
उत्पादन आधारित अनुदान प्रणली लागु नगरेसम्म किसानले खेत ीगर्न नसक्ने तिमस्लिना बताउछन् । तिमल्सिना भन्छन्,२ करोड सरकारबाट लिने तर उत्पादन चाही १ हजार केजी गर्नु होइन ।
आफूहरुको आन्दोलनले केही उपलव्धि पनि भएको उनले बताए । उनले भने, ‘आन्दोलनपछि वागमती सरकारले पुस १५ गतेलाई राष्टिय च्याउ दिवस घोषणा भएको छ ।’ तर राष्टिय च्याउ नीति बनाउनेलगायत धेरै काम भइ नसकेको उनले बताए ।
चापागाँउ, लेले,ठेचो, झरुवाराशी,छम्पीलगायतका खेत बारीमा च्याउ खेती हुने गरेको छ । जाडो सिजन च्याउका लागि उत्तम मानिन्छ । जाडोमा चापागाँउ आसपास खेती गर्ने किसान गर्मी सिजनमा लेकतिर उक्लने गरेको छन् । ललितपुरको तिनपाने भञ्ज्याङ्ग,दलचोकी,देविचौर देउराली, नल्लु र भारउदेउलगायतका ओसिलो खोल्चा,गहिलो ठाँउ र जंगल खोजेर किसानले च्याउ खेती गर्ने गरेका छन् ।
च्याउ उत्पादक किसान संघका कार्यवाहक अध्यक्ष तथा चापागाँउका स्थानीय किसान चित्र तिमल्सिना धेरै चरणमा आन्दोलन गरे पनि राज्यले च्याउ किसानको माग नसुनेको गोनासो गरे । विदेश च्याउ नेपाली बजारमा प्रतिवन्ध लगाउन, नेपाली च्याउ प्रवद्र्धन गर्न र अनुदान प्रणाली अवैज्ञानिक बनाउन माग गर्दै आफूहरु लामो समय आन्दोलनमा होमिएको तिमल्सिनाले बताए ।
प्रतिक्रिया