१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जहाँ कोरोना संक्रमितलाई दिइन्छ ५ हजार रुपैयाँ


२२ मंसिर २०७७, सोमबार  

0
Shares


२२ मंसिर ०७७, तारकेश्वर । नगरपालिकाले कोरोना भाइरस पोजेटिभ भई होम आइसोलेशनमा बसेका स्थानीयबासीलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।
कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।
अहिले नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८ सय ६६ महिला र एक हजार २ सय २० पुरुष छन् । निको हुनेको सङ्ख्या एक हजार ८ सय २९ छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २ सय ५० जना पुगेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : २४ बजे