२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


पचहत्तर बर्षकी बृद्ध घाँसको भारी बेक्दै


२६ मंसिर २०७७, शुक्रबार  

0
Shares

२६ मंसिर ०७७, डुकुछाप । चाउरी परेको अनुहार,कुप्रो शरिर र हातमा लठ्ठी टेकेकी बृद्ध महिला । सकी नसकी घाँसको भारी बोकेर ललितपुरको डुकुछापमा हिड्दै गरेकी अवस्थामा भेटिइन् ।

ललितपुरको डुकुछापकी ठूली तामाङ्ग ७५ बर्षको उमेरमा पनि घाँसको भारी बोक्न छोडेकी छैनन् । घरमा पालेको बाख्रालाई घाँस लिन उनी सधैं पाखामा पुग्छिन् ।

थाप्लोमा गह्रगो भारी बोके पनि उनको हातमा लठ्ठी छुट्दैन । बुढो शरिर लठ्कीको सहारामा हिड्ने उनी घाँस बोक्न छोड्दिनन् ।

ठूलीलाई भारी बोक्न गाह्रो  छ भन्ने बेला बेलामा उभिदै र हिड्दा लठ्ठी टेकेकोेबाटै थाहा हुन्छ . ललितपुर बुरुञ्चली माइती भएकी ठुली तामाङ्ग आफू पचहत्तर बर्ष पुगेको बताउछिन् । भन्छिन्,‘आफूलाई थाहा छैन । आफ्ना मान्छेले पचहत्तर बर्ष पुगेको भन्छन् ।’

यो बुढेसकालमा आफ्ना छोरा बुहारीले घाँस काट्न नजान सल्लाह दिने गरेको ठूली बताउँछिन् । भन्छिन्, ‘घरमा कुँजिएर बस्नुभन्दा  काम गरे आराम हुन्छ भनेर हिडेकी ।’

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ४८ बजे