२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


सफलताको कथा ः ‘गरे के हुन्न र ?’


२९ मंसिर २०७७, सोमबार  

0
Shares

लेले फाँटमा रहेको रानाको तरकारी फाम । तस्विरहरु ः ललितपुर खबर

ललितपुर खबर
२९ मंसिर ०७७, लेले । धादिङ्ग सल्यानकोट जीत बहादुर रानाले ५ बर्षअघि रामकुमार रानासँग मिलेर लुभुमा २२ रोपनी खेत लिएर तरकारी खेती सुरु गरे ।
टनेलमा तरकारी खेती सुरु गरेका रानाले तरकारी खेतीमा मनग्गे आन्दानी देखे । उनले विस्तारै व्यावसायिक तरकारी खेतीको विस्तार गर्न थाले ।
त्यसपछि हरिसिद्दिमा ३० रोपनी खेत भाडामा लिए । अनि सुरु गरे खेती । उनी भन्छन्, ‘माटामा खेल्नु पर्ने काम अलि गाह्रो छ । तर कमाई पनि हुन्छ ।’

टनेल बनाउदे कामदार ।

यो बर्षबाट उनको खेतीको आकार झन् बढेको छ । ललितपुरको लेले फाँटमा महिनाको प्रतिरोपनी १६ हजार तिरेर उनले २० रोपनी भाडामा लिएका छन् ।
लेले तरकारी खेतीका लागि उत्तम रहेको उनको आकलन छ । लेलेमा प्रदुषण छैन । त्यसैले किरा लाग्दैन । औषधि खर्च बच्छ ।
सिंचाई सुविधा छ । तरकारी अझ धेरै फल्छ । भन्छन्, नल्लु लेकबाट कलकल बगेर आउने पानी हाम्रा लागि उपयोगी छ । हामी जेनेरेटर लगाएर त्यही पानी तान्छौैं खेतमा लगाउछौं ।’

टनेलमा जीतबहादुर राना।

लेलेको खुल्ला जमिन उनका लागि व्यावसाय विस्तार गर्न अर्को अवसर हो । बर्षैपिच्छे जमिन भाडामा लिने उनले योजना सुनाए ।
थोरै लगानीबाट सुरु उनको खेतीको स्वरुप करोड नागिसकेको राना बताउछन् । भन्छन्‘अर्को बर्ष वरपरका खेत भाडामा लिने योजना छ ।’
लेलेको टनेलमा उनी गोलभेडा लगाउदैछन् । काउली,घिरौला,लौका र बन्दा पनि ठाँउ ठाँउमा लगाउदैछन् । खेतीमा विविधता कमाउने अर्को दाउ हो उनको । भन्छन्, ‘एउटामा नभए अर्कोमा आम्दानी हुन्छ । किसान भोको मर्दैन ।’
भनेजस्तो भए यो वर्ष २० लाख आन्दानी हुने उनको प्रक्षेपण छ । अनि ५ बर्षमा १ करोड । भन्छन्, ‘गरे के हुन्न र ?’
रानालाई बजारको चिन्ता छैन । राम्रो फलाउन सके । राजधानीका तरकारी बजारसम्म पु¥याउन कठीन छैन । उनी भन्छन्,‘धेरै तरकारी खेतबाटै बिक्छ ।’
उनको मात्रै होइन । लेले फाँटमा १ दर्जनभन्दा धेरै ठाँउमा टनेल खेती विस्तार भइसकेको छ । फाटमा आजकल झपडी नै झुपडी देखिन्छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : ३७ बजे