१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली भ्याट बिलविरुद्ध पाटन उच्च अदालतमा मुद्दा


१७ पुस २०७७, शुक्रबार  

0
Shares


१७ असोज ०७७, ललितपुर । राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले रु एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५ सय ६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध आज मुद्दा दायर गरेको हो ।
प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ व्यावसायिक फर्मले एक आपसमा मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी सञ्चालन गरेको र गलत प्रयोजनाका लागि बैंक खातासमेत खोलेको पाइएको छ ।
आर्थिक वर्ष २०७१÷७२ देखि २०७४÷७५ सम्म उनीहरुले झुट्टा तथा नक्कली विक्री विजक जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार भ्याटतर्फ रु ४३ करोड ८१ लाख ८० हजार ३ सय ७८, आयकरतर्फ रु ८६ करोड ५६ लाख एक हजार र लाभांश करतर्फ रु दुई करोड आठ लाख ३० हजार ४ सय २ बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।