२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ५० सहित उपत्यकामा थप २३३ जनामा कोरोना संक्रमण(ग्राफमा हेर्नुहोस्)


२२ पुस २०७७, बुधबार  

0
Shares


२२ पुस ०७७, ललितपुर । ललितपुरमा ५० सहित काठमाडौं उपत्यकामा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १५९, भक्तपुरमा २४ र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर १९७ जना कोरोना संक्रमितको आईसीयुमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

बुधबार नेपालमा थप ४०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।

हेर्नुहोस्

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।