२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दक्षिण ललितपुरको शंखुमा भिषण आगलागी, घरगोठ जल्यो


२८ पुस २०७७, मंगलबार  

0
Shares


२८ पुस ०७७, ललितपुर । दक्षिण ललितपुरको शंखु भलडाँडामा आगलागी भएको छ । मंगलबार मध्यरातमा भएको शंखुकोआगलागीका कारण घर र गोठ पूर्ण रुपमा नष्ट भएको कोञ्ज्योसोम गाउपालिका २ भलडााडा का वडाध्यक्ष धु्रवप्रसाद घिमिरेले ललितपुर खबरलाई जानकारी दिएका छन् ।
वडाध्यक्ष घिमिरेका अनुसार आगलागीपछि कुनै मानविय क्षति भएको छ्रैन । गोठमा रहेका पशुहरुसमेत सुरक्षित छन् । आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।
मध्यरातमा आगलागी भएको थियो भने प्रहरी विहान ६ बजे घटनास्थलतर्फ लागेको कोञ्ज्योसोम चौघरीस्थित प्रहरी चौकीले जानकारी दिएको छ । विकट पहाडी इलाका शंखुको त्यस घटनास्थलमा दमकल जान सक्ने ठाँउमा नभएको वडाध्यक्ष घिमिरेले बताए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।