२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लेलेको एक घरमा चोर पस्यो


२८ पुस २०७७, मंगलबार  

0
Shares

ललितपुरको लेले क्षेत्र । फाइल तस्विर : ललितपुर खबर

२८ पुस ०७७, लेले ललितपुर । गोदावरी नगरपालिका ५ लेलेस्थित नरमान डंगोलमा सोमबार राती चोर पसेर विभिन्न धनमाल चोरेको छ । प्रहरीका अनुसार घरबाट सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी भएको हो ।
प्रहरकिा अनुसार २ लाख ६२ हजार रुपैयाँ नगद र करिब ३ लाख ७३ हजार रूपैयाँ बराबरको सुन चाँदीको गरगहना सोमबार बेलुका चोरी भएको हो ।
डंगोलको घरको मुल ढोका फुटाई चोरी भएको थियो । खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लेलेबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न ब्याक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान जानकारी दिएकोे छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ०८ बजे