८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


एसिड आक्रमण निरुत्साहित गर्न छोटो चलचित्र




२३ चैत ०७७, चापागाँउ । छोटा चलचित्रका निर्देशक केपि तिमल्सिनाले जनचेतनामुलक चलचित्र फ्रेण्डशिप सार्वजनिक गरेका छन् । आफ्नै पटकथा तथा निर्देशनमा तिमल्सिनाले सामाजिक रुपमा विकृत बन्दै गएको एसिड आक्रमणको विषयमा रोचक भिडियो सार्वजनिक गरेका हुन् ।
सामाजिक रुपमा विकृत बन्दै गएको एसिड आक्रमणलाई निरुत्साहित गर्न आफूले यो चलचित्र निर्माण गरेको तिमल्सिनाले ललितपुर खबरलाई बताए । भने, ‘कथामा सपनामा एसिड आक्रमण गरेको देखाइएको छ । आक्रमणकारी कानूनको कठघरामा पु¥याएको घटनासँगै निरुत्साहित गर्ने उद्देश्यले हामीले भिडियो बनाएका हौं ।’
पछिल्लो समय सरकारले एसिड आक्रमणलाई निरुत्साहित गर्न नयाँ कानून अध्यादेश ल्याएको छ भने एसिडको प्रयोगलाई झन् कडा बनाउदै लगेको छ ।
यस चलचित्रमा अनिश तिमल्सिना,मिलन दाहाल,विनायक न्यौपाने र मनिषा तिमल्सिनाका अभिनय रहेको छ भने अनिष तिमल्सिनाले छायांकन रहेको छ । भिडियो वाई एण्ड आर युट्युव च्यानलमा हेर्नं सकिन्छ ।
हेर्नुस् भिडियो :

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ११ : ५१ बजे