३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको पाटनमा मुर्ती चोरीको आरोपमा सुनार पक्राउ




२४ चैत ०७७, ललितपुर । ललितपुर महानगरपालिका १६ धौगलबजारस्थित मुर्ती बनाउने स्थानबाट १६ थान धातुको मुर्ती चोरी गरेको आरोपमा ललितपुर महानगरपालिका १२ मंगलबजार बस्ने काभ्रे वेथानचोक गाउँपालिका ६ घर भएका ४८ वर्षीय राज कुमार सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मुर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा संलग्न सुनारलाई चोरी भएका सम्पूर्ण मुर्ती सहित ललितपुर बालकुमारीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।