२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पत्रकार महासंघ ललितपुरमा सागरसहित प्यानल विजयी




ललितपुर खबर
२५ चैत ०७७, ललितपुर । पत्रकार महासंघ ललितपुरमा सागर न्यौपाने प्यानल सहित विजयी भएको छन् । महासंघ जिल्ला शाखा ललितपुरले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार विपुल पोखरेलको प्यानलमा रहेका सागर न्यौपानेले कुल २ सय ६७ ल्याएर विजय हासिल गरेका हुन् ।
पत्रकार महासंघ ललितपुरको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार निकटतम् प्रतिद्वन्द्वी निर्मला शर्मा प्यानलका वालमुकुन्द आचार्यले ६६ मत पाएका छन् भने श्रृजना तिम्सिनाले ४२ मत पाएकी छिन् ।

सचिवमा रामहरी कार्की २ सय ६९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रामशरण घिमिरेले ७१ मत पाएका छन् ।
जिल्लामा ४ सय ५४ मतदातामध्ये आज भएको निर्वाचनमा ३ सय ८३ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ७ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।