३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला बरामद




२६ चैत ०७७, ललितपुर। ललितपुरबाट प्रहरीले चितुवाको छाला बरामद गरेको छ।
ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित सार्वजनिक सडकछेउको जग्गामा बेवारिसे अवस्थामा चितुवाको छाला बरामद गरिएको हो।

जेब्रा झोलाभित्र छाला राखिएको भन्ने खबरपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले बरामद गरेको हो।

प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।