७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार सकेसम्म लकडाउन गर्दैन’



प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको काम गरेका छन् । तस्वीर : रोशन सापकोट\रासस

१ वैशाख ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोरोनाको महामारीका बेलामा सकेसम्म लकडाउन गर्ने पक्षमा नभएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारे । प्रधानमन्त्रीले सरकारले लकडाउन गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म लकडाउनको पक्षमा नरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोरोनाको महामारी बढी फैलिएको हुनाले लकडाउन गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ३२ बजे