७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस नेता र कर्मचारीमा कोरोना संक्रमण, बैठक स्थगित




१५ वैशाख ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।बैठकअघि कांग्रेसले नेताहरुको पीसीआर परीक्षण अनिवार्य गरेको थियो ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १२ : ३५ बजे