१५ वैशाख ०७८, काठमाडौं । नेपालमा बुधबार थप ४८ सय ९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ११ पुगेको छ।
गत २४ घण्टा ७७३ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ पुगेको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ४ सय ६४, ललितपुरमा ३५१ र भक्तपुरमा २४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया