७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा २९५६ सहित नेपालमा थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण




१७ वैशाख ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा २९५६ सहित नेपालमा थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : १४ बजे