१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा निस्सासिएर एक जनाको मृत्यु, दुई जना बेहोस



२१ वैशाख ०७८, भक्तपुर । भक्तपुरमा निस्सिसिएर एक जनाको मृत्यु छ भने दुई जना बेहोस भएका छन् ।
सुत्केरी सेक्न झ्याल-ढोका थुनेर कोइला बालेर बसेका तीमध्ये एक जनाको निसास्सिएर मृत्यु भएको हो।
मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका ३ की २२ वर्षीया सुनिता तामाङ छिन्। उनी भक्तपुर सूर्यविनायक १० मिलन चोकमा आमासँगै डेरामा बस्दै आएकी थिइन्।

उनीसँगै कोठामा सुतेका आमा र बहिनी अचेत अवस्थामा छन्।

आमा ४० वर्षीया शान्तिमाया तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
आइतबार राति ११ बजे घरको झ्याल ढोकाको चुकुल फोडेर उनीहरूलाई निकालिएको थियो।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।