१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी नगरमा २१ जना कोरोना संक्रमित फेला



२६ वैशाख ०७८, ललितपुर । महालक्ष्मी नगरपालिकामा २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । नगरपालिकाका अनुसार आइतबार नगरको वडा नं. २ मा रहेको गम्भीर समुन्द्र सेतु स्कुलमा ८८ जनाको क्लोज कन्ट्राक्ट पहिचानमा आधारमा गरिएको एण्टीजेन परिक्षणपछि यो संख्यामा कोरोना संक्रमित फेला परेको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।
पछिल्लो समय नगरपालिकाले कोरोना संक्रमितहरुका लागि नगर क्षेत्रभित्रका कोरोनाका विरामीहरुको सुविधाका लागि ‘निःशुल्क एम्बुलेन्स सेवा’ सञ्चालन गरिरहेको मयर श्रेष्ठले बताए । यस नि ः शुल्क सेवा गएको १५ दिनमा ७१ जना नगरवासीहरूले लाभ लिइसकेको नगरपालिकाले उनको भनाई छ । निशुल्क एम्बुलेन्स सेवा आवश्यक पर्ने कोरोना संक्रमित विरामीहरुले नगरपालिकामा सम्पर्क गरेर लाभ लिन सक्ने जानकारी दिएको छ । साथै नगरपालिकाले नगरपालिकाभित्र कोरोनाबाट संक्रमित भई होम आईसोलेसनमा रहका संक्रमितहरुका लागि निःशुल्क चिकित्सक परामर्श सेवा समेत उपलव्ध गराएको जानकारी दिएको छ । अहिलेसम्म यो सेवा नगरभित्रका नागरिकबाट ४३७ जना र नगर बाहिरका नागरिकहरु १३ जना गरी जम्मा ४५० जनाले फोन सम्पर्क गरी सेवा लिएको जानकारी दिएको छ ।
साथै नगरपालिकाले महालक्ष्मी नगरपालिकाबाट कोरोनाको महामारीका कारण मानसिक रूपमा प्रभावित व्यक्तिहरूका लागि सञ्चालनमा ल्याएको निःशुल्क मनोसामाजिक परामर्श सेवाबाट अहिलेसम्म ५ जनाले फोन मार्फत र १ जनाले इमेल मार्फत गरी जम्मा ६ जनाले सेवा उपभोग गरेको जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।