१७ असार २०८३, बुधबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरमा ८६ जना कोरोना संक्रमित




ललितपुर खबर
२७ वैशाख ०७८, चापागाँउ । गोदावरी नगरपालिकामा ८६ जना नयाँ कोरोना संक्रमित रहेका छन् ।
गोदावरी नगरपालिकाका अनुसार पछिल्लो समय यस नगरमा ४५ जना पुरुष र ४१ जना महिलासहित ८६ जना कोरोना संक्रमित फेला परेका हुन् ।
नगरपालिकाले उपलव्ध गराएको तथ्याङ्क अनुसार नगरपालिकामा आजसम्म यो ९२४ पुरुष र ७०१ महिला सहित नगरमा १ हजार ६२५ जना कोरोना संक्रमित फेला परिरहेका छन् ।
गोदावरी नगरपालिकामा वडा नं. १०मा सर्वाधिक धेरै १८ जना कोरोना संक्रमित छन् । यो क्षेत्र प्याङ्गाँउ टाहाखेल क्षेत्र पर्छ । जहाँ ९ जना पुरुष र ९जना महिला संक्रमित छन् । गोदावरीको वडा नं. ४ बडिखेलमा सबैभन्दा थोरै १ जना पुरुष मात्रै कोरोना संक्रमित छन् ।
यस नगरमा अहिलेसम्म जना कोरोना संक्रमितहरुले रोगसँग लडेर निको भइसकेका छन् । भने ३१६ जना रोगसँग लडेर निको हुने क्रममा छन् । गोदावरी नगरका १७ जना नागरिक विभिन्न अस्पतामा जना संक्रमित उपचाररत छन् । २ सय ९९ जना संक्रमित भने होम आइसोलेसनमा स्वास्थ्यलाध गरिरहेका छन् ।
गोदावरी नगरमा अहिलेसम्म २२ जना कोरोना संक्रमणपछि मृत्युवरण गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।