१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रातो मच्छिन्द्रनाथ रथ केही परसम्म मात्रै तान्ने तयारी



फाइल तस्विर : ललितपुर खबर

२९ वैशाख ०७८, ललितपुर । मन्चिन्द्रनाथको रथ यस बर्ष पनि केही परसम्म मात्रै तान्ने तयारी रहेको बुझिन आएको छ । मच्छिन्द्रनाथको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले आजको चार दिन अर्थात् आउँदो शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानेर लगिने भइरहेको डंगोलले जानकारी दिएका छन् ।
वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण आज बुधबार सम्पन्न गरिएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो ।
आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताए । उनले भने, “हरेक वर्षझैँ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण भएको रथमा यस वर्ष पनि मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।