१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


निषेधाज्ञामा काठमाडौंमा तास खेल्ने एक हुल पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

२९ वैशाख ०७८, काठमाडौं । निषेधाज्ञाको समयमा काठमाडौं महानगरपालिका १६ बहतीपोखरीमा तास खेलिरहेको अवस्थामा एक हुल युवकहरु पक्राउ परेका छन् ।  प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ गरेको हो 

काठमाडौंको बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतमको फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

उक्त होटेल भित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले पक्राउ  गरेका थियो ।

उनीहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।