५ जेठ ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सातै प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको निःशुल्क उपचार गराउन सम्झौता भएको हो । ३० वटा अस्पतालहरुले कोभिड–१९ केयर युनिट संचालन गर्न स्वास्थ्य मन्त्रालयसँग सम्झौता समेत गरिसकेका छन् । यी अस्पतालहरुमा उपचारका लागि पुग्ने कोरोना संक्रमितले आफैंले शुल्क तर्न नसक्ने भएमा उनीहरुको अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने हुन्छ ।
हेर्नुहोस्
प्रतिक्रिया