१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका ६ हजार ८९५ जना सक्रिय संक्रमित



६ जेठ ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ।  बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३२३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा मात्रै २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकामा कोरोना भाइरसका ३६ हजार ६७ जनामा संक्रमण सक्रिय छ। काठमाडौंका २४ हजार ३८९, भक्तपुरका ४ हजार ७८३ र ललितपुरका ६ हजार ८९५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।