९ जेठ ०७८, काठमाडौं । नेपालमा थप ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १८ हजार ९ सय ६५ जनाको काेभिड परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे हाे ।
आइतबार एक सय ९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यस्तै, ७ हजार ६ सय ६४ जना कोरोना मुक्त भएका छन्। भक्तपुरमा तीन सय ६६ ललितपुरमा ६ सय ९४ र काठमाडौंमा एक हजार ७ सय ६१ गरी काठमाडौं उपत्यकामा दुई हजार ८ सय २१ जना नयाँ संक्रमित थपिएको उनले बताए।
देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको छ। देशभरका कोभिड अस्पतालका आइसियुमा एक हजार ७ सय २१ जना र भेन्टीलेटरमा चार सय ८४ जना उपचाररत छन्।
प्रतिक्रिया