१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरबाट सुरु भयो चौधरी ग्रुपको सस्तो इन्टरनेट सेवा



१८ जेठ ०७८, ललितपुर । चौधरी ग्रुपले ललितपुरबाट आज मंगलबारबाट इन्टरनेट सेवा सुरु गरेको छ ।
यस ग्रुप अन्र्तगत सिजि कम्युनिकेशनले ललितपुरको जावलाखेल, भनिमण्डल, झम्सिखेल, र एकान्तकुनाबासीलाई तत्काल इन्टरनेट वितरण सुरु गर्दै काठमाडौंमा इन्टरनेट वितरण गरेको हो । यस ग्रुपले वितरण गरेको इन्टरनेट सेवाको नाम सिजि नेट नाम दिइएको छ ।
यस कम्पनीले वितरण गर्ने इन्टरनेट सस्तो र उच्च गतिको हुने जनाइएको छ । कम्पनीका अनुसार १२० एमविपिएसको इन्टरनेट मात्र ९९९ रुपैयामा प्रतिमहिना उपभोग गर्न सकिन्छ ।
कम्पनीले विस्तार ललितपुरका अन्यभागसँगै काठमाडौ र भक्तपुरमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ । उपत्यकामा यो सेवा विस्तार गर्न १ महिना र देशभर पु¥याउन चाही १ वर्ष लाग्ने कम्पनीको भनाई छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।