४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुक्रबार ६ हजार ६५३ जना नयाँ कोरोना संक्रमित फेला, १०१ जनाको मृत्यु




२१ जेठ ०७८, काठमाडौं । गएको २४ घण्टामा देशभर थप ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण फेला परेकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनाको पीसीआर परीक्षणपछि ४ हजार ६२४ जनामा र ६ हजार ६३१ एन्टिजेन परीक्षणमा २ हजार २९ समेत गरेर जम्मा ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको हो ।
यो अवधिमा देशत्रर १०१ जनाको मृत्यु भएको छ भने ८ हजार ६६३ जना निको भएका छन् ।
शुक्रबारको यो तथ्याङ्कसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । यी मध्ये ९७ हजार ६९९ जना अर्झै कोरोना संक्रमित (सक्रिय सक्रमित) रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको जम्मा संख्या ४ लाख ७६ हजार १३० जना छन् ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ३७ बजे