२१ जेठ ०७८,ललितपुर । ललितपुर महानगरले कोरोना भाइरस संक्रमणपछि मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । साथै महानगरले कोरोना संक्रमणपछि आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्ने नगरवासीलाई ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएका कोरेना संक्रमित ललितपुर महानगरमा स्थायी बसोबास गर्नेलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख महर्जनले दिउको जानकारी अनुसार नगर प्रमुखको संयोजकत्वमा गठित महानगरीय विपद् व्यवस्थापन समितिको जेठ २० गते बसेको बैठकले कोरोनापछि मृत्यु भएको परिवार र कोरोना प्रभावितहरुका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
महानगरपालिकाले सुनाकोठीमा ५० शय्याको र बागडोलमा रहेक एक सय १० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरिरहेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महानगरले हरेक वडामा कोरोना परिक्षण अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया