६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आज गोदावरी नगरका सबै वडामा कोरोना खोप लगाइदै




ललितपुर खबर
२५ जेठ ०७८,चापागाँउ । आज गोदावरी नगरका सबै वडाका ६० बर्षदेखि ६४ बर्ष उमेरसम्मका बासिन्दालाई कोरोना खोपको पहिलो मात्रा लगाइने भएको छ । आज नगरका हरेक वडाका स्वास्थ्य केन्द्रमा चिनियाँ खोप लगाउने कार्यक्रम रहेको नगरका प्रवक्ता मिलन सिलवालले ललितपुर खबरलाई बताए ।
खोप लगाउनका लागि नागरित्ता वा उमेर खुल्ने सरकारी कागजात लिएर खोप केन्द्र जानु पर्ने सिलवालले बताए । भने, ‘नभए वडाको सिफारिस भए पनि हुन्छ ।’
स्वास्थ्य केन्द्रमा खोप लगाउन विहान १० बजेदेखि ३ बजेसम्म खोप लगाउने कार्यक्रम राखिएको छ । स्वाथ्य केन्द्रमा कोरोना लागेका संक्रमित विरामीलाई निषेध गरिएको छ । खोप लगाएपछि ३० मिनेट बस्नु पर्ने र भौतिक दुरी कायम गर्नु पर्ने नियम लगाइएको छ ।

हेर्नुस् सूचना

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ८ : ४४ बजे