ललितपुर खबर
२५ जेठ ०७८, धापाखेल । ललितपुरको धापाखेलमा एक ट्रक पल्टेपछि चालक फरार भएका छन् ।
सोमबार राती १० बजेको समयमा ललितपुरको लेलेबाट लगनखेलतर्फ गइरहेको ना २ ख ८२७४ नम्बरको ट्रक ठेचोको ओरालोमा पल्टेपछि चालक हरि तामाङ चालक फरार भएका हुन् । पल्टेको ट्रक ढुंगा बोकेर गइरहेको थियो । धापाखेल दोबाटोसँगै धुम्तीबाट अगाडिको टायर बाहिर गएपछि ट्रक पल्टेको हो ।
चालक चापागाँउका तामाङ् हुन् । स्थानीयले उनी सामान्य घाइते भएको बताए ।
ट्रकबाट ढुंगा अर्को गाडीमा लोड गरिरहेको अवस्थामा भेटिएका एक मजदुरका अनुसार ट्रक ललितपुर लेलेस्थित एचवि इट्टा भट्टाको हो । मंगलबारसम्म चालक सम्पर्कमा आएका छैनन् भने मोवाइल अफ छ ।
२५ जेष्ठ २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया