४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभाध्यक्षसमक्ष शपथ   



२६ जेठ ०७८, काठमाडौं । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाएका  छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिनुएको हो ।
त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उहाँलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरे । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्पmको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांगे्रसका तर्फबाट उनी निर्वाचित भएका थिए ।
राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ३ : ३८ बजे