२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुरबाट चितुवाको छालासहित दुई पक्राउ



२७ जेठ ०७८, काठमाडौं । कीर्तिपुरबाट चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान कीर्तिपुर नगरपालिका वडा नम्बर ३ ढल्पा क्षेत्रबाट छालासहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका-१ घर भइ पाँगा बसपार्क बस्ने २३ वर्षीय गिरिराज ठगुन्ना र बझाङ दुर्गाथली गाउँपालिका(७ घर भइ ढल्पा बस्ने २९ वर्षीय नारायण बहादुर सिंह छन्।

प्रहरीले चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ६ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।