२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ललितपुर कालेश्वरकी मोडल निशाको उपचार नर्भिकमा सुरु




ललितपुर खबर
२८ जेठ ०७८, ललितपुर । भारतमा दुर्घटना भई नेपाल फर्केकी ललितपुर कालेश्वर निवासी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा बुधबारबाट उपचार सुरु भएको छ ।
अस्पतालकी निर्देशक मेगा चौधरीले मोडल निशाको अवस्था सामाजिक सञ्जालबाट थाहा पाएपछि ललितपुरको बुङ्गमतीबाट थापाथलीस्थित नर्भिक अस्पताल ल्याई निःशुल्क उपचार सुरु गरेको उनका वावु प्रेमप्रसाद घिमिरेले ललितपुर खबरलाई बताए । घिमिरेले भने अहिले सुरुआती उपचार निशुल्क लाग्ने भनिए पनि कति समय उपचार हुने र कति खर्च लाग्ने भन्नेबारे अहिले नै टुंलो नलागेको बताए ।


मोडलिङ्ग विद्यामा भारतको देहरादुनमा डिप्लोमा गर्न गएकी निशाको २०७६ साल १५ गते पौषमा कार दुर्घटनापछि अस्वास्थ्य अवस्था नाजुक भएको थियो । उनी भारत गएको १ महिना पछि उनको दुर्घटनाको खबर परिवारलाई आएको थियो । भारतीय प्रहरीलाई उदृत गर्दै घिमिेरेको कार दुर्घटना भएको बताए । प्रहरीका अनुसार निशा कारमा सवार थिइन् भने उनी चढेको कारलाई ट्रकले ठक्कर दिउको थियो । निशाको २० दिन भारतमै उपचार गरिएको थियो ।
नेपाल ल्याएपछि निशाको २ महिनासम्म विर अस्पतालस्थित ट्रमा सेन्टरमा २ महिना, बनेपास्थित स्पाइन इन्जुरी अस्पतालमा २ महिना उपचार गरिएको थियो । म्यानुअल थेरापी धोविघाटमा २ महिना थेरापी गरेपछि घरमै राखेर औषधि खुवाइएको थियो ।
भारतमा दुर्घटना के कसरी भयो भन्ने विषयमा जानकारी नभएको उनको भनाई छ ।

निशाको उपचारका क्रममा माहाकाल गाँउपालिकाले १ लाख सहयोग गरेको घिमिरेले बताए । सहकारीसँघ संस्थाहरुबाट १ लाख पचास हजारसहित विभिन्न सघसंस्थाहरुबाटसहित ४ लाख पचास हजार सहयोग पाएको उनको भनाई छ ।
घिमिरेले कालेश्वर जग्गा र गाई फमको राखेर सहकारीबाट ऋण लिएको उनले बताए । पछिल्लो समय कोरोना संक्रमण बढेपछि उनको उपचार डक्टरबाट हुन सकेको थिएन ।

मोडलिङ्ग क्षेत्रमा चम्केकी सुन्दर मोडल घिमिरेको शरिर सुकेर हाड र छाला मात्रै देखिने अवस्थामा पुगेकी छिन् । उनी ओछ्यानबाट उठ्न सक्ने अवस्थामा छैनन् ।
निशाले २ दर्जनभन्दा धेरै म्युजिक भिडियो र चलचित्रहरुमा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।