१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणकी ३९ वर्षीया महिलाकाे काभ्रेमा शव फेला



२८ जेठ ०७८, भक्तपुर। बुधबारदेखि बेपत्ता भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुको काभ्रेको नालाको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

घर नजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी सम्पर्कबिहीन भएकी थिइन् ।

घरमा कुनै समस्या र झगडा नभएको भए पनि केही महिनादेखि डिप्रेशनको औषधि खाइरहेकी उनी हराएको केही बेरपछि परिवारले खोजी गरेका थिए ।

परिवारले चार दिनसम्म भक्तपुर र काभ्रेको विभिन्न ठाउँ र आफन्तकोमा खोज्दा पनि भेटिएको थिएन । उनको शव आज पोष्ट मार्टम गरी परिवारलाई बुझाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।