४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण




ललितपुर खबर
२९ जेठ ०७८, काठमाडौं । कोरोना माहामारीको क्रममा सुदुरपश्चिम प्रदेशमा औंषधिलगायतका सामाग्री लिएर जाने क्रममा  गए राती सुर्खेतमा अभियन्ता ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहबाट आक्रमण भएको छ ।
हाम्रो नेपाल हामी नेपालीका प्रवक्ता नन्दप्रसाद काप्रीका अनुसार अज्ञात समूहले उनी लगायत ७ जनामाथि आक्रमण गरिएको हो ।
आक्रमणपछि घाइते हुनेमा तिलक बस्नेत, राजेश महत र गाडी चालक (नाम खुल्न नसकेको) गम्भिर घाइते छन् । उनीहरुको सुर्खेतस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रवक्ता काप्रीले ललितपुर खबरलाई जानकारी दिए ।

साथै घाइतेहरु लोकबहादुर रोकाया, ज्ञानेन्द्र शाहीलगायत उपचारपछि डिस्चार्ज भएका छन् । गम्भिर घाइतेहरुको उपचारकालागि काठमाडौं ल्याउने तयारी भइरहेको उनको भनाई छ । काप्रीले भने,‘ हामी सुर्खेत प्रहरी कार्यालयमा उजुरी दर्ता गर्दैछौं ।
प्रहरीसँग भएको मौखिक जानकारीपछि खोजतलास भइरहेको जानकारी आएको छ ।’
उनीमाथि पटक पटक आक्रमण हुँदै आएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ९ : ३८ बजे