२९ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेश सभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिनुभएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् ।
प्रदेश सभाको शनिबारको बैठकमा विशेष समय लिएर वैद्यले आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्दै माफी मागेका छन् । उनले वाक स्वतन्त्रताको बढी नै उपभोग गरेको भन्दै आत्मालोचना गर्नुभएको हो । ‘म महात्मा गान्धी मान्ने मान्छे, वचनले पनि हिंसा हुनुहुँदैन भन्ने मान्छे, तर आवेसमा आएर यस्तो बोलेँ,’ उनले भने ।
वैद्यले आफ्नो भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिए ।
प्रतिक्रिया