१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरमा प्रिबजेट छलफल




ललितपुर खबर
५ असार ०७८, चापागाँउ । गोदावरी उद्योग बाणिज्य संघ तथा गोदावरी इकोनोमिक फोरमको आयोजनाको नगरको प्रिवजेट छलफल आयोजना गरिएको छ । शनिबार साँझ भर्चुअल माध्यमबाट आयोजना गरिएको छफलफलमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीको अतिथ्यतामा यो छलफल आयोजना गरिएको हो ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सबैको सुझावलाई आत्मसाथ गर्दै नयाँ आर्थिक वर्षको बजेट बनाउने धारणा राखेका थिए । उनले जाने बेलामा बजेट वितरणमुखी बजेट ल्याउने चलन रहे पनि गोदावरीले नपछ्याउने प्रतिबद्धता व्यक्त गरे ।
मेयर महर्जनले कोरोनाका कारण धेरै काम गर्न नसकेको स्वीर्कादै नगरपालिकामा धेरै जग्गा प्लटिङ्ग भएको सन्दर्भमा भूउपयोगी नीति चाडै पारित गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साउन १ गतेदेखि पेपरलेस सेवा सुरु गर्ने र नगरपालिकालाई सञ्चारमैत्री नगरपालिका बनाउने बताएका थिए ।

नगरपालिकाले दिर्घकालिन विकाशका लागि भिजन बनाउन मिनी योजना आयोग बनाउने समेत कार्यक्रममा धारणा राखेका थिए ।

संघका अध्यक्ष जगनाथ महर्जनले नगरपालिकाको विकाशमा सघाउन गोदावरी उद्योग वाणिज्य संघ सहयोगी भूमिका निर्वाह गर्ने बताएका थिए । नगरपालिकाले औद्योगिक वातावरण बनाउन सहयोगी भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।
नगरपालिकाले उत्पादक र क्रेताबीच पुलको काम गर्न भूमिका खेल्नु पर्ने र यसका लागि क्रेता र विक्रेताको भेट गराउन वायर सेलर मिट गर्न आवश्यक रहेको बताएका थिए ।
समृद्ध गोदावरी सम्मेलन आयोजना गर्न आवश्यक रहेको र गोदावरीको समृद्धिको आधार तय गर्ने यो सम्मेलन सहयोगी हुन सक्ने धारणा राखेका थिए ।
उनले नख्खु कोरिडोर दक्षिण ललितपुर जोड्न उपयोगी राजमार्ग बन्न सक्ने बताउदै दक्षिण ललितपुरमा विजनेस नलेज सेन्टरआवश्यक रहेको र यसका लागि नगरपालिकाको सहयोग आवश्यक रहेको बताएका थिए ।कार्यक्रममा गोदावरी इकोनोमिक फोरमका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रघुनाथ विष्टले स्थानीय तहमा सिमित श्रोत र साधन रहेको र साधारण खर्च अत्याधिक हुने गरेको समस्या देखाएका थिए । डाक्टर विष्टले ९० प्रतिशत श्रोत केन्द्र र प्रदेश सरकारमा निर्भर रहनु पर्ने अवस्थामा विकाश बजेटका लागि नगरले सोच्नु पर्ने तर्क गरे ।
पछिल्लो समय स्थानीय तहले समृद्धिका लागि बजेट खर्चनु पर्नेमा बाटो विराई रहेको धारणा राखेका थिए । ‘डा विष्टले गरिव जनताको रगत र पसिनाले तिरेको कर सही ठाँउमा उपचोग हुने गरि बजेट विनियोजन होस’ उनले भने ।
विजनेस क्लिनिकका संयोजक विश्वनाथ घिमिरेले गत अर्थिक बर्षमा दिएको सुझावको विषयमा समिक्षामा आधारित प्रस्तुती दिएका थिए । उनले प्रस्तुती दिदै कोरोना संक्रमणकाबीच नगरपालिकाले धेरै कामहरु अघि बढाएको तर कार्यान्वयन नभएको बताए ।
केन्द्र सरकारले ल्याउन लागेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन नगरले भूमिका खेल्नु पर्ने प्रस्तुतीमा उल्येख थियो ।
प्रस्तुतीमा समृद्ध गोदावरी सम्मेलन आवश्यक देखिएको उल्येख थियो । विजनेस नलेज सेन्टर बनाउन आवश्यक रहेको, कृषि बजार केन्द्र निर्माण गर्नु पर्ने, नगरमा रहेका व्यावसायिक प्रतिष्ठानका तथ्याङ्क संकलन गर्न आवश्यक रहेको,कृषि र व्यावसायको सम्भाव्यता अध्ययन गर्नु पर्ने,औधोगिक ग्राम निर्माण गर्नु पर्ने,नगरस्तरिय सडक राम्रो राख्नु पर्नेजस्ता विषय प्रस्तुतीमा समेटिएको थियो ।
गोदावरी नगरका उद्योग शाखा प्रमुख ऋषिराम अधिकारीले वाणिज्य संघले दिएको सुझाव राम्रो रहेको यसलाई कार्यान्वयनमा नगरपालिकाले सहयोगी भूमिका निभाउने आश्वासन दिएका थिए ।
नगरपालिकाका राजस्य शाखा श्रीराम आचार्यले नगरको श्रोत नगुम्ने र उद्यमीहरुलाई पनि सझिलो पर्ने किसिमले बजेट ल्याउनु पर्ने बताएका थिए ।
छलफलका क्रममा गोदावरी नगरपालिकामा राजस्व चुवावट भएको, नगरभित्र जग्गा खण्डिकरण व्यापक भएको विषय उठेको थियो ।
कृषि विज्ञ तथा नार्ककी सदस्य यमुना घलेले नगरले ग्रीन इकोनमीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएकी थिइन् ।
पुर्वसचिव भरत थापाले नगरपालिकाका पहिलो कार्यकालको अन्तिम बजेट भएकाले छुटेकोे योजना शुरु गर्नु पर्ने, भए गरेका योजना सुधार गर्नु पर्ने, पुरा गर्नु पर्ने योजनामा ध्यान दिनु पर्नेजस्ता सुझाव दिएका थिए ।
उनले भने,‘पाँच वर्षसम्म के काम गरियो भनेर खोज्दा नभेटिने अवस्था नहोस ।’ पुर्वसचिव थापाले आर्थिक एजेण्डाले प्रथमिकता नपरेको बताएका थिए ।
उद्यम गर्नका लागि गोदावरीमा किन आउने भन्ने उत्तर नगरपालिकासँग हुनु पर्ने उनको तर्क थियो । नगरपालिकाले अर्को कार्यकालका लागि यो बजेटले आधार बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ५६ बजे