८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक



७ असार ०७८,ललितपुर । नेपाल ज्ञानमाला भजनलगायत आधुनिक संगीत क्षेत्रमा योगदान दिएका भजनगुरु एवं संगीतज्ञ गायक स्व. पद्मज्योति बज्राचार्यद्वारा संगीतबद्ध नेपालभाषा गीत जित ख्वय्का छ वने फइ मखुूको म्युजिक भिडियो गतशनिवार एक भर्चुयल कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।

नेपालभाषा तथा नेपाली भाषाका दर्जनौं भजन र आधुनिक गितका गायिका बिष्णुमाया ब्यञ्जनकारले गाएको यस गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार अनुप शाक्य,ं नेपालभाषाकी नायिका रोजिना सुवाल तथा सुष्मा बज्राचार्यको अभिनय रहेको छ ।
दर्जनौं म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरिसकेकी कलाकार तथा निर्देशक सुरज नापितले यस म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।
स्व. मन्त बज्रले निकै मार्मिक रुपले रचना गर्नुभएको यस गितको म्युजिक भिडियोको कथा सत्य घटनामा आधारित रहेको र त्यागको विषयलाइ समेटिएको निर्देशक सुरज नापितले बताउनु भयो । यस म्युजिक भिडियोको छायांकन, सम्पादन तथा कलर करेक्सन अमर चित्रकारले गरेका हुन् ।

जारी निषेधाज्ञाको समयमा पनि जुम मार्फत भर्चुयल रुपमा आयोजित प्रिमियर कार्यक्रममा मुख्य अतिथिको रुपमा नेपालभाषाका म्युजिक भिडियाका प्रथम निर्देशक तथा बरिष्ठ पत्रकार बिजयरत्न असंबरे थिए । कार्यक्रममा सञ्जय शर्मा राजोपाध्याय, नेवा राष्ट्रिय पत्रकार दबुका अध्यक्ष सुरजबीर बज्राचार्यका साथै विभिन्न मिडियाका सञ्चारकर्मि तथा ब्यक्तित्वहरुको उपस्थिति रहेको यस भर्चुयल कार्यक्र्रमको सञ्चालन अनुप शाक्यले गरेका थिए ।

सार्वजनिक यस गितको ओरिजिनल भर्सन स्व. पद्मज्योति बज्राचार्यंले गायका छन् ।

 

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : १३ बजे