१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दक्षिण ललितपुरकी मोडल निशाको स्वास्थ्यमा सुधार, ह्वील चियरमा राख्न थालियो



८ असार ०७८, ललितपुर ।दक्षिण ललितपुरकी मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार घिमिरेको स्वाथ्यमा सुधार आएको उनका वावु प्रेमप्रसाद घिमिेरेले ललितपुर खबरलाई बताए ।
घिमिरेले भने ‘निशा उठ्नै सक्ने अवस्थामा चाही छैन । आवाज निकाल्न थालेकी छिन् ।’
उनका अनुसार केही समयदेखि निशाले प्रतिकृया समेत दिन सकेकी थिइनन् । आजकल अनुहारमा उज्यालो देखिन थालेको छ ।
नर्भिक अस्पतालका डाक्टरहरुले निशालाई ह्वील चियरमा राख्ने सुरु गरेको उनले बताए । भने,‘अस्पताल प्रशासन डाक्डर र शुभेश्छुकहरुको मायाँले निशालाई निकै हुदै आएको छ । हामी खुशी छौं ।’

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उद्धार गरी अस्पातल भर्ना गरेकी थिइन् । अहिले उनको विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ ।
उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै उचित उपचार, आहारविहार र केयरिङ पाएकी कलाकार निशाको मुहारमा चमक देखिएको अस्पतालले जानकारी दिएको थियो । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरु निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको अस्पतालले प्रतिकृया दिएको छ ।
नर्भिक अस्पतालले उनको ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको घिमिरेले बताएका छन् ।
अस्पतालमा ल्याउदा चलमलाउन समेत नसक्ने हालतमा रहेकी निशाको स्थास्थ्यमा विस्तारै सुधार भएको हो । उनी भोक लाग्ने समयमा मसिनो स्वरमा प्रतिकृया दिन थालेको उनले बताए ।

तस्बिर : बद्री पंगेनीको फेसबुकबाट ।

अस्पतालकी निर्देशक मेगा चौधरीले मोडल निशाको अवस्था सामाजिक सञ्जालबाट थाहा पाएपछि ललितपुरको बुङ्गमतीबाट थापाथलीस्थित नर्भिक अस्पताल ल्याई निःशुल्क उपचार सुरु गरेको उनका वावु प्रेमप्रसाद घिमिरेले ललितपुर खबरलाई बताए । घिमिरेले भने अहिले सुरुआती उपचार निशुल्क लाग्ने भनिए पनि कति समय उपचार हुने र कति खर्च लाग्ने भन्नेबारे अहिले नै टुंलो नलागेको बताए ।
मोडलिङ्ग विद्यामा भारतको देहरादुनमा डिप्लोमा गर्न गएकी निशाको २०७६ साल १५ गते पौषमा कार दुर्घटनापछि अस्वास्थ्य अवस्था नाजुक भएको थियो । उनी भारत गएको १ महिना पछि उनको दुर्घटनाको खबर परिवारलाई आएको थियो । भारतीय प्रहरीलाई उदृत गर्दै घिमिेरेको कार दुर्घटना भएको बताए । प्रहरीका अनुसार निशा कारमा सवार थिइन् भने उनी चढेको कारलाई ट्रकले ठक्कर दिउको थियो । निशाको २० दिन भारतमै उपचार गरिएको थियो ।
नेपाल ल्याएपछि निशाको २ महिनासम्म विर अस्पतालस्थित ट्रमा सेन्टरमा २ महिना, बनेपास्थित स्पाइन इन्जुरी अस्पतालमा २ महिना उपचार गरिएको थियो । म्यानुअल थेरापी धोविघाटमा २ महिना थेरापी गरेपछि घरमै राखेर औषधि खुवाइएको थियो ।
भारतमा दुर्घटना के कसरी भयो भन्ने विषयमा जानकारी नभएको उनको भनाई छ ।
निशाको उपचारका क्रममा माहाकाल गाँउपालिकाले १ लाख सहयोग गरेको घिमिरेले बताए । सहकारीसँघ संस्थाहरुबाट १ लाख पचास हजारसहित विभिन्न सघसंस्थाहरुबाटसहित ४ लाख पचास हजार सहयोग पाएको उनको भनाई छ ।
घिमिरेले कालेश्वर जग्गा र गाई फमको राखेर सहकारीबाट ऋण लिएको उनले बताए । पछिल्लो समय कोरोना संक्रमण बढेपछि उनको उपचार डक्टरबाट हुन सकेको थिएन ।
मोडलिङ्ग क्षेत्रमा चम्केकी सुन्दर मोडल घिमिरेको शरिर सुकेर हाड र छाला मात्रै देखिने अवस्थामा पुगेकी छिन् । उनी ओछ्यानबाट उठ्न सक्ने अवस्थामा छैनन् ।
निशाले २ दर्जनभन्दा धेरै म्युजिक भिडियो र चलचित्रहरुमा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ३ : ५५ बजे