४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको कोञ्ज्योसोममा कोरोनाको कारण मृत्युपछि परिवारलाई १० हजार सहयोग



बजेट प्रस्तुत गर्दै गाँउपालिकाकी उपाध्यक्षमिङ्मा लामा ।

११ असार ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले कोरोनाका कारण मृत्युवरण गरेकाका परिवारलाई कोष खडा गरी प्रतिपरिवार रु १० हजारसमेत सहयोग गर्ने नीति अघि सरेको छ ।

दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै यो योजना सार्वजनिक गरेको हो । ‘कृषि, पर्यटन, संस्कृति, वातावरण र पूर्वाधारः सुशासन्युक्त, सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै बिहीबार अध्यक्ष गोपीलाल सिङ्तानले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

गाँउपालिकाले यो आर्थिक वर्षलाई कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने योजना अघि सारेको छ ।
कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरी कृषि र पशुपालनको क्षेत्रबाट स्वरोजगार बनाउने योजना अघि सारेको उनले बताए । गाउँपालिकाका विकासको प्रमुख आधार नै कृषि तथा पशुपक्षी उत्पादनमा जोड रहेकाले यसलाई आधुनिकीकरण तथा व्यवसायी र बजारीकरण गर्न कृषि कर्ममा रु ३५ लाख र पशु विकासमा रु ६० लाख बजेट विनियोजन गरेको योजना सार्वजनिक गरिएको थियो ।
ठोस्नेखोला बेली ब्रिज र छ्योर्देन गुम्बा निर्माण, मबिर गुर्दुमथुम दलचोकी लिफ्टिङ खानेपानी र भेडेखर्क डोल फूलबारीडाँडा खानेपानी आयोजनामा समेत जोड दिने भएको छ । शङ्खुमा तरकारी सङ्कलन केन्द्र र दलचोकी भोटडाँडा क्वाकलिङ र कतुवन भञ्ज्याङबाट शङ्खु जाने सडक निर्माण गर्नाका साथै लामदुवाली झोपु तिप्चेखोला दोभान र श्री कृष्णप्रणामी मन्दिर जस्ता योजनाहरुका लागि गाउँपालिकाले पर्याप्त बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका खाली जमीनहरुमा वृक्षरोपण गरिनाका साथै गाउँपालिकाका सामुदायिक वनलाई व्यवस्थित गर्न जडीबुटीलगायत आयआर्जनका विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपाध्यक्ष मिङ्मा लामाले रु ३३ करोड ३० लाख ७७ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।