१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठका लामा बैंकिङ कसुरमा पक्राउ




२२ असार ०७८, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका ७ बस्ने ५९ वर्षीय लाक्पा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको र यस सजाय वेरुजु रही फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो ।
पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी जनता बैंकमा लामाले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १५ लाख रुपैंया बराबरको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट फैसला भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।