१८ असार २०८३, बिहिबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुल्चोकमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरे



२३ असार ०७८, ललितपुर । ललितपुरको पुल्चोकमा भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब अफ काठमाण्डौ पेभिलियन र ललितपुर मोबाइल व्यवसायी संस्थाको संयुक्त आयोजनामा मच्छिन्द्रनाथ पोखरी नजिकैको आँगनमा भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका हुन् ।

कोरोनाको महामारीका कारण धेरै अस्पतालमा रगत अभाव भएको गुनासो आएपछि अभाव हटाउन रक्तदान कार्यक्रम गरिएको ललितपुर मोबाइल व्यवसायी संस्थाका अध्यक्ष सन्तोष घिमिरेले बताए ।

ललितपुर मोबाइल व्यवसायी संस्थामा एक सय ४० भन्दा धेरै व्यवसायी आबद्ध रहेका छन् ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।