७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जापानबाट सोह्र लाख मात्रा खोप नेपाल आउदै




२९ असार ०७८, काठमाडौं । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोरोना विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।
जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज मंगलबार घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
जापान सरकारको यो निर्णयको स्वागत गर्दै मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकामा नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।