१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यस वर्षको मनसुनका कारण ६० जिल्लामा बाढीपहिरो



१० भदौं ०७८, काठमाडौं । मनसुन शुरु भएयता ६० जिल्लामा पाँच हजार १ सय १८ जना बासिन्दा विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

नेपालमा यो वर्षको मनसुन भित्रिएपछि विभिन्न ६० जिल्लामा बाढीपहिरोलगयतले क्षति गरेको तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको हो । यो वर्ष मनसुनका कारण हालसम्म ४ सय ५१ वटा विपदका घटना भएका छन् । बाढीका ८२ घटनामा परेर २९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । बाढीमै परेर आठ जना घाइते भएका छन् ।

देशभर विभिन्न स्थानमा गएको १ सय ८९ पहिरोमा परी ४० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । सोही अवधिमा पहिरोमा परेर ५८ जना घाइते भएका छन् ।

भारी वर्षाका १ सय ८२ घटनाको विवरण प्राधिकरणले राखेको छ । वर्षाकै कारण पाँच जनाको मृत्यु र २५ जना घाइते भएको बताएको छ । यस अवधिमा चट्याङ लागेर २० जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।