१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


माधुरी दिक्षित जसले एउटै गीतको लागि एक महिना प्रशिक्षण लिइन्




११ भदौ ०७८,काठमाडौं । अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूण पनि भनिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’ को गीत ‘एक दो तीन चार पाँच छे’ मार्फत फेमश बनेकी माधुरी पछिल्लो समय पर्दामा सकिय छैनन् । उनले ठुलो पर्दा नभई सानो पर्दाको डान्स रियालिटी शो मार्फत आफूलाई दर्शकसामु प्रस्तुत गरिरहेकी छिन् ।
जहाँ उनको सुन्दरता र नृत्यको चर्चा उत्तिकै छ । स्कुल र कजेल लाइफमा कहिले काहीं स्टेजमा देखिएकी माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोगी अध्यन गर्ने तयारीमा रहेकी माधुरीलाई १२ कक्षामै ‘अबोध’ नामक फिल्म अफर भयो । तर , उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएनन् । यसैबीच एक पटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले ग¥यो ।
उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरेपछि हामी स–परिवार भेट्न पुग्यौ’ माधुरीले भनिन् ।’
राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो । यद्दपी ‘अबोध’ फिल्म सफल हुन् सकेन , नत माधुरीलाई चिनाउननै सक्यो । उनलाई चिनाउने गीत ‘तेजाब’ कै थियो । त्यो फिल्म रिलिजपछी उनले एरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन् । तर , सुरुवाती समयमा त्यो गीत उनलाई खासै लागेको थिएन ।
‘सबैलाई गीत मन परेको थियो । यद्दपी म भने त्यो नम्बर भाको गीत किन राखेको होला भन्ने सोच्दै थिए’ माधुरीले भनिन् ।’ उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिइन् । नृत्यमा राम्रो भएपनि क्यामराअनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन् । ‘त्यहिँ प्राक्टिसको क्रममा मैले क्यामेरासँग फ्रेन्डली हुन् सिके’ उनले भनिन् । त्यसपछि उनले लगातार फिल्म गरिन् । एकपछि अर्को फिल्म मार्फत उनले आफूलाई सफल बनाउदै अगाडि बढिन् । पछिल्लो समय उनी अभिनित फिल्म ‘टोटल धमाल’ रिलिज भएको थियो ।न्युज कारखानाबाट

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : ०६ बजे